Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं  – दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले घोषणा गरेको सङ्कटकालीन ‘मार्सल ल’को आदेश संसदले उल्ट्याइएको छ । मंगलबार साँझ राष्ट्रपतिले विपक्षी पार्टीमाथि विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्रलाई चुनौती दिने प्रयास गरेको आरोप लगाउँदै सैनिक कानुन घोषणा गरेका थिए । तर केही घन्टामै संसदको बहुमतले यो आदेश खारेज गरिदिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेशनल एसेम्बलीका ३०० मध्ये १९० सांसदले राष्ट्रपति योलको कदमको विरोध गर्दै मार्सल ललाई अस्वीकार गरे । यस क्रममा राष्ट्रपतिको आफ्नै पार्टीका केही सांसदहरूले पनि उक्त निर्णयको विपक्षमा मत दिएका थिए । संविधान अनुसार, संसदको बहुमतले राष्ट्रपतिको मार्सल ल निर्णयलाई उल्ट्याउन सक्ने प्रावधान छ, जसअनुसार यो कदम खारेज भएको हो ।

राष्ट्रपतिले यो आदेश जारी गरेसँगै देशभर ‘मार्सल ल हटाऊ’ अभियान सुरू भयो । यसक्रममा संसद भवनमा सेनालाई परिचालन गरिए पनि संसदले निर्णय उल्ट्याएपछि रातभरमा सेना फिर्ता भएको थियो । सेनाका जनरल पार्क आन–सूले मार्सल ल लागू भएको घोषणा गर्दै राजनीतिक दलका गतिविधि र प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।यो घटना दक्षिण कोरियाको इतिहासमा विशेष बनेको छ, किनभने सन् १९८० को दशकमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक मार्सल ल घोषणा भएको थियो ।

राष्ट्रपतिले विपक्षी पार्टीलाई क्याबिनेटका सदस्यहरूमाथि महाभियोग लगाउन र बजेट पास हुन अवरोध खडा गर्नेजस्ता आरोप लगाएका थिए । तर संसदको कदमले राष्ट्रपति यूनलाई थप दबाबमा पारेको छ, जसका कारण राजनीतिक दलहरूले उनको राजीनामाको माग गरिरहेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया