Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको आरोपमा थप चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ । साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालका अनुसार अदालतले आइतबार उक्त निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५ मंसिरमा पक्राउ परेका प्रसाईंमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक अनुमति दिइएको थियो । त्यसपछिको म्याद थपका क्रममा मंसिर ९ गते पनि पाँच दिन थप अनुमति लिइएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ अन्तर्गत अपराध गरेको दाबी गर्दै पक्राउ गरेको हो ।

महान्यायाधीवक्ताको कार्यालयले मुलुकी फौजदारी संहिताका विभिन्न कसुरहरू, जस्तै बेइज्जती गर्ने, झुटा प्रमाण तयार पार्ने, र राष्ट्रपति वा सांसदलाई धम्की दिने जस्ता विषयमा पनि अनुसन्धान गर्न सुझाव दिएको थियो । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित एक्जिएटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको दाबी गरेका थिए । उनले केही कागजातसमेत प्रस्तुत गरेका थिए, जसलाई प्रहरीको प्रारम्भिक अनुसन्धानले फर्जी प्रमाणित गरेको छ ।

सीआईबी प्रमुख एआईजी दिपक थापाका अनुसार प्रसाईंले देखाएका प्रमाणहरू सत्य ठहरिन सकेका छैनन् । प्रसाईंमाथि व्यवसायीहरूलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया