समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणको क्रममा राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुनुका साथै आपसी चासो र हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राई, सहसचिव कृष्णप्रसाद ढकाल, र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत उच्चस्तरीय टोली सहभागी थियो।
प्रधानमन्त्री ओली चारदिवसीय भ्रमणका लागि चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हिजो अपराह्न बेइजिङ पुगेका हुन्।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१
प्रकाशित समय: १९:११:५३