Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – उपनिर्वाचन २०८१ को मतपरिणामले पनि ठूला दलको वर्चस्व देखाएको छ । सातै प्रदेशका विभिन्न पालिकामा भएका निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले एकअर्काका पद अदलबदल गरे पनि मतपरिणामले राजनीतिक रूपमा ठूलो उथलपुथलको संकेत गरेको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माओवादीले भने यसअघि चुनाव जितेको केही स्थान गुमाएपनि कांग्रेस एमालेको किल्ला भत्काउँदै नतिजा सुधार गरेको हो । उपनिर्वाचन भएकोमध्ये अघिल्लो निर्वाचनमा माओवादी जितेका ७ पद रिक्त रहेपनि सो पार्टीले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका उपाध्यक्ष र ७ वटा वडामा विजय हासिल गरेको हो ।

निर्वाचनबाट माओवादी केन्द्र कति उत्साहित छ भन्ने कुरा सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । २०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको प्रतिक्रिया दिएका थिए । माओवादी उम्मेदवारले जितेपछि फोन गरेर बधाई दिँदै प्रचण्डले यस्तो प्रतिक्रियासहित खुसी साटेका हुन् ।

सत्ताको नेतृत्व गरेको दल एमालेले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा जित हासिल गरेको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । तीन वडाध्यक्ष गुमाएको छ ।

यसैगरी सत्ता साझेदार दल नेपाली कांग्रेसले एउटा नगरपालिकाको मेयर, १६ वटा वडामा जित हासिल गरेपनि उसले यसअघिको आफ्नो सिट जोगाउन सकेन । उपनिर्वाचन भएका स्थानमध्ये २६ पद कांग्रसकै रिक्त थियो । उपनिर्वाचनबाट माओवादीको सुधारिएको नतिजा देखिँदा सत्तामा रहेका कांग्रेस र एमालेलाई धक्का लाग्न पुगेको नतिजाले देखाएको छ ।

उसो त उपनिर्वाचनमा जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमकिपाले १ वडामा विजय हासिल गर्दा अर्का एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भए । आइतबार ४१ पदका लागि मतदान भएपछि उपनिर्वाचन कार्यक्रम भने ४४ पदका लागि थियो । जसअनुसार यसअघि नै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध भएका थिए । यस्तै रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादीका जगत् घर्ती निर्विरोध भएका थिए ।

  • कहाँ को विजयी ?

नेपाली कांग्रेसबाट निर्वाचितहरू (१७)
कृष्णमान डंगोल–मेयर–कीर्तिपुर नगरपालिका–५३३४
अर्जुन प्रसाद तिवारी–वडाध्यक्ष–हेटौडा उपमहानगरपालिका १२–२०६३
आनन्द श्रेष्ठ–वडाध्यक्ष–मुसिकोट नगरपालिका १–११८४
राजेन्द्र बानियाँ–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका ४–११५५
प्रकाश चन्द–वडा अध्यक्ष–भीमदत्त नगरपालिका ६–११०७
अमिन थारु–वडा अध्यक्ष–ठाकुरबाबा नगरपालिका ४–१०४३
तेतर साहु–तेतर साहु–वडा अध्यक्ष–गढी गाउँपालिका ६–८१६
समसे आलम–वडा अध्यक्ष–राजपुर नगरपालिका ६–७४४
धिरेन्द्र पुजारा–वडा अध्यक्ष–सूर्मा गाउँपालिका ४–६५७
भुपमणी पुन मगर–वडा अध्यक्ष–रुन्टीगढी गाउँपालिका ४–६४३
शेख अब्दुल खलिक–वडा अध्यक्ष–ईशनाथ नगरपालिका ७–६२७
मोती राम खत्री–वडा अध्यक्ष–सानीभेरी गाउँपालिका ५–५९०
इच्छा कुमार महर्जन–वडा अध्यक्ष–कीर्तिपुर नगरपालिका १–५६२
मोहन थापा–वडा अध्यक्ष–पूर्वीचौकी गाउँपालिका ६–४६८
नगेन्द्र लिम्बु–वडा अध्यक्ष–लालीगुराँस नगरपालिका ८–४४०
धन सिंह कुँवर–वडा अध्यक्ष–दुहुँ गाउँपालिका ५–३७६
खम्ब बहादुर सिँह–वडा अध्यक्ष–कुसे गाउँपालिका ७–३४७

नेकपा माओवादी केन्द्रबाट विजयी भएकाहरू (११)
नमो नारायण माझी–अध्यक्ष–ग्रामथान गाउँपालिका–६९६९
देवका लामिछाने–उपमेयर–नलगाड नगरपालिका–४२७२
देवकी तिमल्सिना–उपाध्यक्ष–सर्केगाड गाउँपालिका–१६३७
नरपुरा बुढा–उपाध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका–३६२७
कृष्ण घिमिरे–वडा अध्यक्ष–ककनी गाउँपालिका २–१०८५
नविन कुमार वान्तवा राई–वडा अध्यक्ष–त्रियुगा नगरपालिका १२–९२३
शुनिल कापर केवट–वडा अध्यक्ष–धनुषाधाम नगरपालिका १–६८४
बिष्णु बहादुर मगर–वडा अध्यक्ष–गोरखा नगरपालिका ५–४८६
नर बहादुर झाँक्री–वडा अध्यक्ष–त्रिपुरासुन्दरी नगरपालिका ५–१६१
भरत घिमिरे– वडा अध्यक्ष–बेलका नगरपालिका ९–५५९
जगत् घर्ती–वडा अध्यक्ष–पुथा उत्तरगंगा गाउँपालिका २ (निर्विरोध)

नेकपा एमालेबाट विजयी भएकाहरू (८)
जंग बहादुर शाही–अध्यक्ष–महाबु गाउँपालिका–३१२७
उमा लुङ्गेली मगर शेर्पा–उपाध्यक्ष–गौरिशंकर गाउँपालिका–२८०५
सुलोचना कुमारी भण्डारी–उपाध्यक्ष–स्वामीकार्तिक खापर गाउँपालिका–१७४०
मोहमद ताहिर मुसलमान–वडा अध्यक्ष–शुद्धोधन गाउँपालिका १–११५०
सकिवुल खाँ–वडा अध्यक्ष–रामगोपालपुर नगरपालिका २–६३१
लाल बहादुर शाही–वडा अध्यक्ष–दुल्लु नगरपालिका १३–५७४
गंगा वहादुर तामाङ–वडा अध्यक्ष–मोलुङ गाउँपालिका ५–३९९
कुमारी सावादेन–वडा अध्यक्ष–सिरीजङ्घा गाउँपालिका ३–३५३

जसपा नेपालबाट निर्वाचित भएकाहरू (२)
धिरेन्द्र कुमार साह–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका १–६५२
देवेन्द्र प्रसाद यादव–वडा अध्यक्ष–डाक्नेश्वरी नगरपालिका ४–३७२

रास्वपाबाट निर्वाचित (१)
रोजिना श्रेष्ठ–वडा अध्यक्ष–काठमाडौँ महानगरपालिका १६–२९०२

एकीकृत समाजवादीबाट निर्वाचित (१)
बजरंगी प्रसाद यादव–वडा अध्यक्ष–गढीमाई नगरपालिका ८–६५५

नेमकिपाबाट निर्वाचित (१)
खड्ग राज शाही–वडा अध्यक्ष–तिलागुफा नगरपालिका ४–१४३

स्वतन्त्र उम्मेदवार (१)
लक्ष्मी प्रसाद ओली–वडा अध्यक्ष–कन्काई नगरपालिका ६–४९३

जिल्ला समन्वय समितितर्फ (२)
ओखलढुंगा प्रमुखमा टेकराज भट्टराई (कांग्रेसबाट निर्विरोध
कैलाली प्रमुखमा टीका कुमारी चौधरी (भुल) कांग्रेसबाट निर्विरोध)

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया