Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १७, २०८१
Monday, December 2, 2024

काठमाडौं – कीर्तिपुर नगरपालिकाको मेयरको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार डंगोलले २,४२१ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्दरले पछ्याइरहेका छन् । डंगोल र मानन्धरको मतान्तर ३६० रहेको छ । मानन्धरले २,०६१ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् । केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए । तर मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया