समाचार सुन्नुहोस :
काठमाडौँ – कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ११५५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीलाई ३४९ मतको अन्तरले पराजित गरेकी छन्। पविताले भने ८०६ मत प्राप्त गरिन्।
अघिल्लो निर्वाचनमा बानियाँ पविताका श्रीमान् श्याम अधिकारीसँग पराजित भएका थिए। यस पटक एमालेका उम्मेदवार बद्री बुढाथोकीले ४६० र माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत मात्र ल्याए। यसअघि, कीर्तिपुर वडा नम्बर १ मा पनि नेपाली कांग्रेसका इच्छा महर्जन विजयी भइसकेका छन्। निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार इच्छाले ५६२ मत ल्याएका थिए। जबकि एमालेका हर्ष महर्जनले ४९८ र माओवादीका सरल गोपाल महर्जनले १७३ मत प्राप्त गरे।
०७९ को निर्वाचनमा कांग्रेसका हिरालाल महर्जन विजयी भएका थिए। यसपटक पनि नगर प्रमुखमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता बनाइरहेका छन्।