समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका छन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको छ।
चितवन राइनोजको टोलीमा कुशल मल्लको नेतृत्वमा रिजन ढकाल, शरद भेषवाकर, विपिन रावल, दीपक बोहरा, अमरसिंह राउटेला, रवि बोपारा, हसन इशाखिल, लुक बेन्केनस्टेइन, सोहेल तन्वीर र सन्तोष कार्की समावेश छन्।
त्यस्तै, काठमाडौं गुर्खाजको कप्तानी करण केसीले गरिरहेका छन्। टोलीमा भीम सार्की, साहब आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र डान डाउथवेट खेल्नेछन्। दुवै टिम उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने लक्ष्यमा छन्। जसले खेललाई थप रोमाञ्चक बनाएको छ।