Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म ३५ स्थानको नतिजा आएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ५ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जित हासिल गरेका छन् ।

  • कहाँ कसले जिते ?

काग्रेस विजयी (१५)
रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर
दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष  -शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष -नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द

एमाले विजयी (७) 
ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

माओवादी विजयी (७)
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष  -कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष  -सुनिल कुमार केवट
रोल्पाको पुथा उत्तरगंगा-२ को वडाध्यक्ष -जगत घर्ती (निर्विरोध)

नेकपा एस विजयी (१)
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव

जसपा विजयी (२)
सप्तरीको डाक्नेश्वरी-४  को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी-१  को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

रास्वपा विजयी (१)
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष  -रोजिना श्रेष्ठ

नेमकिपा विजयी (१)
कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही

स्वतन्त्र विजयी (१)
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया