Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीनको चार दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्दैछन्। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्वीकृत गर्दै सरकारी खर्चमा ३९ जना र निजी स्रोतबाट ४८ जना सहभागी हुने जानकारी दिएको थियो। सरकारी खर्चमा जाने ३९ सदस्यीय टोलीमा प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडालगायत वरिष्ठ अधिकारीहरू रहेका छन्।

भ्रमणमा सहभागी हुने सांसदहरूमा श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्। त्यस्तै, मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रिय लगानी बोर्डका प्रमुख सुशील ज्ञवाली र प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह पनि टोलीमा छन्।

अन्य सहभागीमा विभिन्न मन्त्रालयका उच्च अधिकारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र प्रधानमन्त्रीका निजी सहायकहरूसमेत रहेका छन्। भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका सहायक अनिता सिंहसहितका व्यक्तिहरू पनि सहभागी हुनेछन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया