Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – स्थानीय तह उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाँउपालिकामा नेकपा माओवादीका नमोनारायण माझी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी ५४ वर्षीय माझीले ६ हजार ९ सय ६९ मत पाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाएका छन् । ७३ वर्षीय सरदार उनी १ हजार ६ सय ३६ मतले पराजित भएका हुन् । त्यसैगरी, नेकपा एमालेका तुलसीराम माझी ४ हजार १ सय ५९ मतसहित तेस्रो स्थानमा रहे । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गाउँपालिकाको नेतृत्व माओवादीले उपनिर्वाचनमार्फत खोसेको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गाउँपालिकाको नेतृत्व उपनिर्वाचनमा माओवादीले खोसेको छ । २०७९ को निर्वाचनमा फराकिलो अन्तरले तेस्रो बनेको माओवादीले कांग्रेसको गढ मानिने ग्रामथानमा यस पटक कांग्रेस कार्यकर्ता नमोनारायणलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको थियो । लामो समय कांग्रेस राजनीतिमा रहेका उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया