काठमाडौं – स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म २९ स्थानको नतिजा आएको हो ।
पछिल्लो नतिजाले काग्रेस अगाडि देखिएको छ भने एमाले र माओवादी पछि पछि छन् । कांग्रेस १५, एमाले ७, माओवादी ५, जसपा २, नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र समान १ स्थानमा विजयी भएका हुन् ।
- कहाँ कसले जिते ?
काग्रेस विजयी (१५)
रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर
दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष -शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष -नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द
एमाले विजयी (७)
ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी
माओवादी विजयी (५)
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष -कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष -सुनिल कुमार केवट
रोल्पाको पुथा उत्तरगंगा-२ को डाध्यक्ष -जगत घर्ती (निर्विरोध)
नेकपा एस विजयी (१)
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव
जसपा विजयी (२)
सप्तरीको डाक्नेश्वरी-४ को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी-१ को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह
रास्वपा विजयी (१)
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष -रोजिना श्रेष्ठ
नेमकिपा विजयी (१)
कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही
स्वतन्त्र विजयी (१)
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली