Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – हेटौंडा-१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडा नेकपा (माअ‍ोवादी केन्द्र) निर्वाचित भएको थियो । त्यतिबेला माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका थिए ।

यसपटक हेटौंडा-१२ मा माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गरे । नेकपा (एमाले) का उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याए । राष्ट्रि प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोनले १७८ र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले ८३ मत ल्याए ।

यो सँगै माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षविहीन बनेको छ । गत निर्वाचनमा एमालेले ९, कांग्रेसले ८, एकीकृत समाजवादी र माओवादी केन्द्रले समान १-१ वटा जितेका थिए । अहिले माओवादी केन्द्रले हेटौंडा १२ गुमाउँदा वडाअध्यक्षविहीन बन्न पुगेको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया