Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिट मार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिवार आयोजित कार्यक्रममा आइएमईले चेक हस्तान्तरण गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुबेदी, आइएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका कार्यकारी प्रमुख युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझे पछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाई घर बनाइदिने योजना बनाएको बताइन् ।

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया