Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि फर्मासिष्टहरूका लागि अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा यो नियम लागू गर्न लागिएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सिफारिसपछि परिषद्ले फर्मासिष्टको पहिचान सुनिश्चित गर्न सेतो एप्रोनसहित पोशाक र परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो। परिषद्का अनुसार फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो अक्षरमा नाम, पद र दर्ता नम्बर सहितको परिचयपत्र लगाउनुपर्नेछ। फार्मेसी सहायकले भने निलो पृष्ठभूमिमा सेतो अक्षर भएको परिचयपत्र राख्नुपर्नेछ।

परिषद्का रजिस्टार सञ्जिवकुमार पाण्डेले यस व्यवस्थाले औषधि बिक्री तथा वितरणमा आधिकारिकता सुनिश्चित गर्न र कुनै त्रुटि भए कारबाही गर्न सहज हुने बताए। मन्त्री पौडेलले औषधि वितरणलाई व्यवस्थित बनाउन अनुगमन कडा गर्न निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने र औषधि बिक्रीमा हुने बेथिति रोक्न प्रभावकारी अनुगमन गरिने बताए। औषधिको मूल्य समायोजनमा समिति सक्रिय रहेको र नागरिकलाई राहत दिने गरी योजना अघि बढाइँदैछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया