Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – काठमाडौंमा बसको ढोकाबाट खसेर दुई यात्रुको मृत्यु भएको छ । शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका-८ शेषमतिस्थित शान्तिटोल गेट नजिकै बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उक्त काभ्रेस्थलीबाट रत्नपार्क रूट चल्ने उक्त बसबाट खसेर मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका-५ घर भएका अन्दाजी ४०-४५ वर्षका सञ्चबहादुर लामा र तादी गाउँपालिका-१ घर भई हाल लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा छिन् ।

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए । बसका सहचालक गोर्खा घर भएका अन्दाजी १७ वर्षीय निसान बिष्ट घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि बस चालक फरार थिए । त्यसपछि त्यहाँका स्थानीयहरू जम्मा भएर बस तोडफोड गरेका थिए । स्थिति असामान्य बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया