Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको एक आरोप झुटो भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिने क्रममा प्रसाईंले प्रधानमन्त्रीको कम्बोडियास्थित टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरिएको कागजात वास्तविक नभएको बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रसाईंले अनुसन्धानका क्रममा युट्युबरहरूले तयार पारेको कागजात आफूले सार्वजनिक मात्र गरेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘कागजत झुट रहेछ । म केवल सार्वजनिक गर्ने भूमिकामा थिएँ ।’ प्रसाईंले यसअघि पत्रकार सम्मेलन गरी कागजात तयार गर्न १ करोड बुझाएको दाबी गरेका थिए । तर, अनुसन्धानमा उनले रकम बुझाएको कुरा अस्वीकार गरेका छन् । उनका अनुसार रकम पनि बुझाएएको छैन ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन-२०६३ अनुसारको कसुरमा केन्द्रीय साइबर ब्यूरोले म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनी मंसिर ४ गते पक्राउ परेका हुन् । उनलाई लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता थप चार मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार, प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी गरेको आरोपसहित फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो । कागजातको सत्यता परीक्षण गर्दा प्रधानमन्त्री ओलीको नागरिकतासँग मेल नखाएको देखिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया