Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – सिंगापुर पठाइदिने भनी ४० जनाभन्दा बढी व्यक्तिको पाँच करोड दुई लाख ९४ हजार ठगी गरी कम्बोडियामा लुकेर बसेकी सिन्धुपाल्चोक मान्खाकी बिनु शाक्य र उदयपुर त्रियुगा-१० का सुजन आचार्यलाई ‘नेसनल सेन्टर ब्युरो’ (एनसिबी ) कम्बोडियाले नियन्त्रणमा लिई यसै हप्ता नेपाल प्रहरीलाई बुझायो । २०८० माघ १९ गते रेड नोटिस जारी भएका आचार्य र शाक्य विदेशको कुनामा पुगेर पनि १० महिनाभन्दा बढी लुक्न सकिनन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ परे । बागलुङ र पोखरामा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका नेपाली सोही सहकारीको झन्डै दुई अर्ब रकम हिनामिना गरी गत २०८० जेठ ५ गते फरार थिए । एक हजार चार सय ८१ जनाको बचतकर्ताको उजुरीपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई अनुरोध गरेपछि गत भदौमा ‘रेड नोटिस’ जारी भएको थियो ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो दुई वर्षमा विभिन्न अपराधमा संलग्न भई विदेशमा लुकेर बसेका ३४ जनालाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल प्रहरीले कानुनी दायरामा ल्याएको छ । सहकारीको रकम हिनामिना गरी फरार ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ३०४ जना आरोपित पक्राउ गरी स्वदेश फर्काउन नेपाल प्रहरीले १९६ देशका प्रहरी संगठनसँग निरन्तर संवाद, समन्वय गरिरहेको छ ।

नेपालमा अपराध गरी विदेशका जुनसुकै मुलुकमा लुकेर बसे पनि अपराधी उम्किन नसक्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले बताए । ‘अपराधीका लागि अब विश्वका कुनै पनि मुलुक सुरक्षित छैनन्, १९६ देशसँग इन्टरपोलमार्फत नेपाल प्रहरीको सञ्जाल छ, बाँकी मुलुकमा पुगे पनि कूटनीतिक संयन्त्रबाटै नेपाल ल्याई छाड्छा,’ उनले भने ।

उनले विभिन्न अपराधमा संलग्न भई विभिन्न देशमा लुकेर बसेका ३४ जना पक्राउ गरी नेपाल फिर्ता ल्याइएको र तीन सय जनाभन्दा बढीलाई फिर्ता ल्याउने प्रयास जारी रहेको बताए । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हालसम्म विभिन्न मुलुकमा लुकेर बसेका १९६ जनाविरुद्ध ‘रेड नोटिस’, २६ जनाविरुद्ध ‘यल्लो नोटिस’, एक जनाविरुद्ध ‘ब्लु नोटिस’, दुई जनाविरुद्ध ‘ब्ल्याक नोटिस’, एक जनाविरुद्ध ‘पर्पल’ र ११२ जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भइसकेको छ ।

फरार रहेकामध्ये सहकारी ठगी, बैंकिङ कसुर, सुन तस्करी, वैदेशिक रोजगार ठगी, अपहरण तथा शरीर बन्धक, संगठित अपराध तथा ठगी, बलात्कार, बैंक तथा वित्तीय ठगी, हत्या, साइबार अपराध, मानव तस्करी तथा लागु औषधको ओसारपसार तथा कारोबारी छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया