काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा. राणा चीनको छन्दुबाट आज स्वदेश फर्किने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।
सो अवसरमा उनीहरु बीचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन् । परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१
प्रकाशित समय: १२:००:१२