पूर्वमन्त्री अधिकारीसंगै जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश
समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका तीन जनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले शुक्रबार जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई जनही ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
यी तीनै जना पूर्वमन्त्री अधिकारीसँगै जापान गएका थिए। उनीहरूलाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेपछि नेपाल ल्याइएको थियो। त्यस्तै, नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका नवीन राई र गुड्डी राईलाई पनि साधारण तारेखमा रिहा गरिएको छ। तर, सोही प्रकरणमा संलग्न महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई भने पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।