टोकियो – जापानको योकोहामामा आफ्नै घरमा प्रेमीको हत्या गरेको आरोपमा ६५ वर्षीया महिला पक्राउ परेकी छन् । प्रहरीले महिलालाई आफूसँग सम्बन्धमा रहेको व्यक्तिको छातीमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मियुकी एंडो नामकी पार्टटाइम काम गर्ने महिलाले बिहीबार बिहान १ बजे तिर उक्त व्यक्तिको छातीमा छुरा प्रहार गरेको खुलेको छ । घटना भएपछि एंडोले ११० मा फोन गरी ‘मैले एउटा व्यक्तिलाई भान्साको छुराले हानेँ,’ भनेकी थिइन् ।
प्रहरीले घटनास्थलमा पुग्दा उक्त व्यक्तिलाई होडोगाया वार्डस्थित घरको जापानी शैलीको कोठामा ढलेको अवस्थामा फेला पारे । उनलाई तुरुन्त अस्पताल लगिएको थियो, तर बिहीबारको दिन नै उनको मृत्यु भएको थियो ।
प्रहरीले एंडोको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ- ‘उनी र उनको प्रेमीबीच झगडा भएको थियो, र त्यसक्रममा उनले छुरा हानेकी थिइन्।’ यद्यपि, उनको हत्या गर्ने कुनै नियत नभएको दाबी गरेकी छन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.