समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार आग्रह गर्ने गरेको खुलासा गरेका छन्। कीर्तिपुरमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई २०८४ सालसम्म निरन्तरता दिने पक्षमा कांग्रेस रहेको बताएका छन्।
गगन थापाले भने, ‘आज केपी ओलीसँग सरकारमा छौँ। हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन बर्ष पूरा गर्न चाहन्छौँ। हामी सरकार तलमाथि गर्ने पक्षमा छैनौँ। हामी परिणाम दिन चाहन्छौँ। काँग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो। अहिले पनि प्रचण्डले हप्तामा एकपटक लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर खबर पठाउनुहुन्छ। यो खबर पठाउने काम पहिला अर्कैले गर्थ्यो।’
थापाले विगतमा पनि कांग्रेसले आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बनाएको भन्दै वर्तमान गठबन्धनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए।