Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारका लागि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ। साइबर ब्यूरोका अनुसार बिहीबार चेकजाँचका लागि उनलाई अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले अस्पताल भर्नै गर्नुपर्ने बताएपछि बिहीबार साँझ बेड भर्ना गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले जानकारी दिए ।

यसअघि पनि प्रहरीले वीर अस्पतालमा प्रसाईंको स्वास्थ्य परीक्षणको लागि लगेको थियो। तर, चिकित्सकहरूले अस्पतालमा भर्ना हुनु आवश्यक नरहेको बताएपछि उनलाई पुनः हिरासतमा फर्काइएको थियो। प्रसाईंले आफू क्यान्सरको बिरामी भएको र अस्पतालमै बस्नुपर्ने दाबी गर्दै आएका थिए। यस विषयमा जिल्ला अदालत काठमाडौँले म्याद थप गर्दा प्रहरीलाई उनको स्वास्थ्यप्रति ख्याल गर्न निर्देशन दिएको थियो। बुधबार सर्वोच्च अदालतले बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै उनलाई आवश्यक उपचारको राम्रो व्यवस्था गर्न आदेश दिएपछि बिहीबार क्यान्सर अस्पतालमा भर्ना गरिएको हो।

प्रसाईंलाई प्रधानमन्त्री केपी ओलीको नाम जोडेर कम्बोडियामा लगानी भएको दाबीसहित अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो। उनीमाथि विद्युतीय अपराधसम्बन्धी अनुसन्धान जारी रहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया