समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणसम्बन्धी प्रतिनिधिमण्डलको गठन र भ्रमणका मुख्य एजेन्डाहरूको विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने तयारीमा छन्, तर यसबारे औपचारिक निर्णय अझै गर्न बाँकी छ।
बैठकमा यसका साथै अन्य महत्वपूर्ण निर्णयहरू पनि हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०८१
प्रकाशित समय: १३:२४:३४