Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – जापानको राजधानी टोकियोमा नोभेम्बर ३० तारिख शनिबार र डिसेम्बर १ तारिख आइतबारका दिन आयोजना हुने ‘१४ औँ नेपाल फेस्टिभल-२०२४’को तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नवीन निउरेका अनुसार फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानमा रहेका नेपाली समुदायको उत्साहजनक सहयोगका कारण तयारीलाई थप गति मिलेको छ । फेस्टिभलमा नेपाली कला, संस्कृति, र परम्परालाई झल्काउने झाँकीहरू प्रस्तुत गरिनेछ भने सांस्कृतिक प्रदर्शनी र विभिन्न स्टलहरूले कार्यक्रमलाई बहुरंगी बनाउनेछन् । फेस्टिभललाई सभ्य र भव्य बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको निउरेले जानकारी दिए ।

कार्यक्रमका संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार टोकियोस्थित नाकानो सिकिनोमोरी पार्कमा हुने यस फेस्टिभलले नेपालको धार्मिक र सांस्कृतिक सम्पदा प्रदर्शन गर्दै नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्नेछ । यस वर्षको नेपाल फेस्टिभलले ‘नेपाल हाउस’ निर्माणलाई प्राथमिकता दिएको छ । एनआरएनए जापानको महत्त्वाकांक्षी योजना अन्तर्गत निर्माण हुन लागेको नेपाल हाउस बहुसांस्कृतिक केन्द्रका रूपमा जापानमा नेपाली पहिचान स्थापित गर्ने उद्देश्यले अगाडि बढाइएको छ ।

हिन्दु र बौद्ध मन्दिरसहितको नेपाल हाउसले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको आयोजना गर्ने स्थानका रूपमा सेवा गर्नेछ । अध्यक्ष निउरेले भने, ‘नेपाल हाउसले जापानमा नेपाली समुदायको उपस्थिति बलियो बनाउनेछ, साथै नेपालीको साझा गौरवका रूपमा चिनिनेछ ।’

यो फेस्टिभल एनआरएनए जापान, जापानस्थित नेपाली राजदूतावास, र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त प्रयासमा आयोजना हुँदैछ । नेपाललाई धार्मिक, सांस्कृतिक, र प्राकृतिक रूपमा विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने यस फेस्टिभलमा जापानवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । नेपाल फेस्टिभलले जापानमा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया