Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१औँ राष्ट्रिय ज्यापु दिवसका लागि विशेष परम्परागत शैलीमा निमन्त्रणा गरिएको छ। बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनको नेतृत्वमा झन्डै १०० जनाको समूहले नेवारी बाजागाजा सहित सगुन अर्पण गर्दै प्रधानमन्त्री ओलीलाई दिवसका प्रमुख अतिथि बन्न निमन्त्रणा गरेका छन्।

योमरी पुन्हीसँगै मनाइने ज्यापु दिवस यस वर्ष मङ्सिर ३० गते विविध कार्यक्रमसहित काठमाडौंको वसन्तपुरमा आयोजना हुने भएको छ। दिवसको अवसरमा र्‍यालीसहित मुख्य कार्यक्रम सञ्चालन हुनेछ भने ज्यापु प्रतिभा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

निमन्त्रणा स्वीकार्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली पहिचानको अमूल्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सबैको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, ज्यापु गुठीका लागि अक्षयकोषमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया