Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षालाई नयाँ उचाइमा पुर्‍याउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षाको परिपूर्ण र उन्नत अवधारणा कार्यान्वयनमा सरकार गम्भीर रहेको बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले सामाजिक सुरक्षा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउँदै सबै नागरिकलाई संरक्षित महसुस गराउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षाको नयाँ ढाँचा अघि बढाइएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले भने, ‘अब कुनै नागरिकले आफू अनाथ वा असहाय भएको महसुस गर्नुपर्ने छैन । राज्य सबैका लागि सहारा बन्नेछ । सरकारको प्रयासले कसैले पनि म एक्लो छु भन्नु नपर्ने सुनिश्चितता गर्नेछ ।’

उनका अनुसार, सरकारले नागरिकका दुःख र समस्यालाई सम्बोधन गर्दै जिम्मेवार अभिभावकत्व प्रदान गर्ने योजनामा सक्रिय छ । शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हामी सबैले सामाजिक सुरक्षाका लागि जिम्मेवारी वहन गर्नुपर्छ । यो साझा प्रयास हो । सरकारले कसैलाई पनि एक्लो महसुस गराउन दिने छैन ।’

प्रधानमन्त्रीले नागरिकलाई सरकारप्रति भरोसा राख्न र सामाजिक सुरक्षाको अभियानलाई बलियो बनाउन आ–आफ्नो भूमिका निभाउन पनि आग्रह गरेका छन् । ‘सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सबैलाई मनदेखि शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया