Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – चीनको झुहाई सहरमा ६२ वर्षीय एक व्यक्तिले चलाएको कारमा किचिएर ३५ जनाको मृत्यु भएको छ । अन्य ४३ जना गम्भीर घाइते भएका छन् । प्रहरीले फ्यान थर भएका आरोपितलाई पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार, फ्यान सम्बन्धविच्छेदपछि सम्पत्ति बाँडफाँटलाई लिएर श्रीमतीसँग रिसाएका थिए । उनी चक्कुसहित पक्राउ परेका छन् । उनको घाँटीमा चोटपटक लागेका निशानहरू देखिएका छन् । पक्राउ पर्दा बेहोस रहेका उनको अहिले उपचार भइरहेको छ ।

घटनासँग सम्बन्धित भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङले घाइतेको उपचारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन् । उनले दोषीलाई कडा सजाय दिन पनि भनेका छन् ।

चीनमा मानिसमाथि आक्रमणका यस्ता घटना यसअघि पनि बाहिर आएका छन् । गत अक्टोबरमा राजधानी बेइजिङको एउटा विद्यालयमा एक व्यक्तिले आक्रमण गरेका थिए । जसमा पाँचजना घाइते भएका छन् । आक्रमणमा संलग्न ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।-अल्जजिराबाट ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया