Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि आठवटा स्थानहरूमा व्यवस्थापन मिलाएको छ। गौरीघाट, कोटेश्वर दोभान, कमलपोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ मनाउनका लागि आवश्यक व्यवस्था गरिएको महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्। मेयर शाहले छठ पर्वलाई सूर्यदेवको अनुष्ठान भन्दै, सूर्यसँग मानव अस्तित्व र ऊर्जा केन्द्रको सम्बन्धलाई यस पर्वसँग जोडिएको बताएका छन्।

पहिला तराई क्षेत्रमै सीमित रहेको छठ पर्व अहिले हिमाल, पहाड र तराई सबै क्षेत्रमा प्रचलित बन्दै गएको छ। सद्भाव र दातृत्वको प्रतीकका रूपमा मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिइन्छ, र नदी, तालतलैया र पोखरीको किनारमा केराका थम्बा र झिलिमिली बत्तीले सजाइएका घाटहरूमा हर्ष र उल्लासपूर्वक पूजापाठ गरेर मनाइन्छ ।

 

 

तपाईको प्रतिक्रिया