Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – दशरथ रंगशालामा आज साँझ ६:३० बजे हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने यस खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार रंगशाला र त्यसको आसपासको क्षेत्रमा सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ ।

प्रहरीले सुरक्षाका विभिन्न कोणबाट विश्लेषण गरी खेलस्थलमा गेट, प्याफिट, र खेल मैदान लगायत क्षेत्रमा फरक-फरक टोली खटाएको छ । साथै, बम डिष्पोजल टोली र एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । आवश्यकताअनुसार बर्दी र सादा पोसाकका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने एसएसपी रजौरेले बताएका छन् ।

तपाईको प्रतिक्रिया