समाचार सुन्नुहोस :
काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपाली बजारमा पनि यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २१ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला २१ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो।