Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा भने फरक छ । उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन् । यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन् । यी श्रीमती र प्रेमिकाको आम्दानीबाट सम्पूर्ण घरपरिवार चल्छ । सबै भन्दा ठूलो कुरा त उनको लक्ष्य ५४ सन्तानको पिता बन्ने हो । यसरी आफुले वैवाहिक भगवानको उपाधि प्राप्त गर्न सक्ने उनको विश्वास छ ।

मिडिया रिपोर्टका अनुसार वतानाबे विगत १० वर्षदेखि काम गरिरहेका छैनन् र उनी आफ्नी श्रीमती र प्रेमिकाको कमाईमा निर्भर छन् । उनीसँग अहिले १० बच्चाहरू छन् । उनी आफ्ना दुई छोराछोरी र तीन श्रीमतीसँग बस्छन् । उनीहरूले घरधनीको जिम्मेवारी लिएका छन्, जसमा घरको काम, खाना पकाउने र बच्चाहरूको हेरचाह गर्ने समावेश छ ।

उनको घरायसी खर्च हरेक महिना करिब ६ हजार डलर रहेको छ, जसलाई उनका श्रीमती र प्रेमिकाले संयुक्त रुपमा दिने गर्दछन् । वतानाबेको चौथो श्रीमती पनि छन्, जो उनीभन्दा केहि वर्ष जेठी छिन्, तर उनी उनीबाट अलग भइसकेका छन् । यसबाहेक उनले सामाजिक सञ्जालमार्फत आफ्ना दुई प्रेमिकालाई भेटेका थिए । एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए- ‘म महिलालाई मात्र माया गर्छु, जबसम्म हामी सबै एक अर्कालाई समान रूपमा माया गर्छौं, त्यहाँ कुनै समस्या हुदैन ।’

वतानाबेको लक्ष्य जापानमा सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान तोड्ने हो । टोकुगावा इनारी नामक शोगुनले आफ्नो शासनकालमा २७ रानीबाट ५३ सन्तान जन्माए । वातानाबे भन्छन्- ‘म ५४ सन्तानलाई जन्म दिन चाहन्छु ताकि मेरो नाम इतिहासमा लेखियोस् । म अझै नयाँ श्रीमती खोज्दै छु ।’ जापानमा बहुविवाह गैरकानूनी भएकाले वतानाबेले एकै पटक धेरै महिलासँग विवाह गर्न भने पाउँदैनन् । –साउथ चाइना मर्निङ पोष्ट

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया