Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024

टोकियो – आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा मोना गोल्ड कप शिजुओका आयोजना हुने भएको छ |

आगामी जनवरी १२ तारिखका दिन मोना जापान शिजुओका क्षेत्रीय समितिको ब्यवस्थापनमा मोना गोल्ड कम शिजुओका आयोजना हुने कुरा मोना जापान शिजुओका क्षेत्रीय संयोजक तुल चोचाङ्गीले जानकारी दिएका छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरुलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारिस्परिक भाइचाराको बिकास गरी यस क्षेत्रमा रहेको प्रचुर संभावना र क्षमता बोकेका खेलाडीहरुको प्रतिभालाई यसै मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताईएको छ ।

यस क्रार्यक्रमलाई भब्यताका साथ सम्पन गर्न जापानबासी विशेषतः शिजुओकामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि अपिल गरिएको छ ।

मोना गोल्ड कप शिजुओका सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरी तैयारीलाई तिब्र पारिएको उपाध्यक्ष छन्त्यालले बताए ।

उक्त प्रतियोगिताको पुरस्कार राशि भने शिजुओका क्षेत्रमा अहिले सम्मकै सर्बाधिक रहेको बताईएको छ । जसअनुसार बिजेताका लागि ५० मान १ हजार येन र उपबिजेताका लागि २० मान १ हजार येन तोकिएको छ ।

उक्त प्रतियोगिता मोना जापानको सहकार्यमा शिजुओका क्षेत्रीय कमिटीको आयोजनामा सम्पन्न हुन लागेको हो । उक्त कार्यक्रम सम्पन्न गर्न आयोजकका तर्फबाट मोना जापानको शिजुओका क्षेत्रीय कमिटीले जापानबासी खेलप्रेमी नेपालीहरुमा सहयोगका लागि अपिल गरेको छ ।***

तपाईको प्रतिक्रिया