Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयसम्बन्धी बाहिर नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै त्यहाँ कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य नहुने चेतावनी दिएका छन् । पोखरा जाने पूर्व निर्धारित कार्यक्रमअन्तर्गत विमानस्थल पुगेका उनले छड्के निरीक्षण गरेका हुन् ।

गृहसचिव गोकर्णमणि दवाडीसहित सुरक्षाकर्मीको टोली लिए विमानस्थल पुगेका थिए । त्यसक्रममा उनले अध्यागमन र कन्ट्रोल रुमको अवलोकन गरेको बताइएको छ । गृहमन्त्री लेखकसहितको टोलीलाई अध्यागमन अधिकृतले स्वागत गरेका थिए । पौने घण्टासम्म कुर्दा पनि अध्यागमन प्रमुख सुरेश पन्थी कार्यालयमा उपस्थित नभएपछि अधिकृत तहका एक कर्मचारीले मन्त्रीलाई स्वागत र ब्रिफिङ गरेको विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए । ‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,’ उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया