Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नेपालीहरू विश्वका प्रायः देशमा पुगेको छन्, सबैभदा धेरै रोजगारी, अध्ययन तथा व्यवसायका लागि विश्वभर पुगिरहेको पाइन्छ । त्यहीमध्ये कतिले त त्यहीको नागरिकता समेत लिएको सरकारी तथ्यांकले देखाउँछ ।

विश्वका धेरै देशमा नेपालीहरू पुगिरहँदा ती देशमा निकाला गरिएका घटनाहरू पनि बढिरहेका छन् । सरकारी तथ्यांक केलाउँदा पछिल्ला चार वर्षमा ४ हजार भन्दा बढी नेपालीहरू विभिन्न देशहरूबाट देश निकाला भएका छन्, जसले नेपाली आप्रवासीहरूको चुनौतीपूर्ण अवस्थालाई उजागर गरेको छ ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार देश निकाला हुनेहरूको संख्या हरेक वर्ष उल्लेखनीय रूपमा बढिरहेको छ । सन् २०२१ मा ७ सय ८४ नेपालीहरू देश निकाला भएका थिए भने सन् २०२२ मा यो संख्या बढेर १ हजार ८७ पुगेको थियो । २०२३ मा १ हजार ३ सय ९४ जना पुग्दा २०२४ को पहिलो ८ महिनामा ८ सय १३ नेपालीहरूलाई देश निकाला गरिएको छ ।

विशेष गरी युएई र साउदी अरेबियाबाट नेपालीहरूको देश निकाला उच्च रहेको छ । सन् २०२१ मा मात्र युएईबाट २ सय ४७ नेपालीहरू देश निकाला भएका थिए, भने सन् २०२४ को पहिलो आठ महिनामा १ सय ९९ जनालाई स्वदेश फर्काइएको छ । साउदी अरेबियाबाट पनि उल्लेखनीय रूपमा देश निकाला हुने संख्या देखिएको छ । २०२१ मा २ सय ३६, २०२२ मा १ सय ४४, र २०२३ मा १ सय १८ नेपालीहरूलाई फर्काइएको थियो ।अमेरिकाबाट नेपालीहरूको देश निकाला तुलनात्मक रूपमा कम छ र स्थिर देखिएको छ । सन् २०२१ मा ३८ जना नेपालीहरू देश निकाला भए भने सन् २०२२ मा यो संख्या घटेर २४ मा आइपुगेको थियो । २०२३ मा २५ जना नेपालीहरू देश निकाला भएका छन् भने २०२४ को पहिलो आठ महिनामा १६ जना नेपालीहरूलाई फर्काइएको छ ।

मलेसिया, दक्षिण कोरिया, र जापान जस्ता देशहरूमा पनि देश निकाला हुनेको संख्या बढ्दो क्रममा छ । दक्षिण कोरियाबाट सन् २०२१ मा १२ नेपालीहरूलाई निकाला गरिएको थियो, जुन सन् २०२३ मा बढेर १ सय ७ पुगेको थियो । २०२४ को हालसम्म ३५ जनालाई देश निकाला गरिएको छ । जापानले २०२३ मा ९७ जनालाई फिर्ता पठाएकोमा २०२४ को आठ महिलासम्ममा ८५ नेपालीलाई देश निकाला गरिएको छ ।

यी तथ्यांकहरूले नेपाली आप्रवासीहरूको कानूनी र आर्थिक सुरक्षाका विषयमा थप ध्यान दिनुपर्ने आवश्यकतालाई उजागर गरिरहेको छ । देश निकाला हुने प्रमुख कारणहरूमा भिसा अवधि समाप्त हुनु, अध्यागमन कानुनको उल्लंघन पाइन्छ । नेपाली आप्रवासीहरूले कतिपय देशहरूमा कानूनी सुरक्षाको कमी झेल्नु पर्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया