Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा बढी लोकप्रिय मत ल्याउने पार्टीले सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। कांग्रेस झापा-काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा बोल्दै उनले जनतामा फैलिएको निराशा हटाउन स्थिर सरकार आवश्यक रहेको बताए। शर्माले लोकप्रिय मत ल्याउने पार्टीलाई नेतृत्व गर्न दिने प्रणालीले वर्तमान सरकार बनाउने जटिलताको अन्त्य गर्ने उल्लेख गरे। साथै, उनले प्रतिनिधिसभाको सदस्य संख्या २७५ बाट घटाएर १८५ पुर्‍याउनुपर्ने धारणा व्यक्त गरे।

महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’

शर्माले संसद विघटन नहुने र प्रधानमन्त्रीको कार्यकाल पाँच वर्ष हुने भएकाले एक व्यक्तिले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रावधान राख्न प्रस्ताव गरेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया