Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हो ।

यहाँ अनुमोदित राजदूतहरूको सूची प्रस्तुत गरिएको छ :-

चीन: प्राडा कृष्णप्रसाद ओली
डेनमार्क: सुम्निमा तुलाधर
जर्मनी: डा शैल रुपाखेती
भारत: शंकरप्रसाद शर्मा
इजरायल: डा धनप्रसाद पण्डित
मलेसिया: डा नेत्रप्रसाद तिमल्सिना
पाकिस्तान: रीता धिताल
पोर्चुगल: प्रकाशमणि पौडेल
कतार: रमेशचन्द्र पौडेल
रुस: जंगबहादुर चौहान
दक्षिण अफ्रिका: प्राडा कपिलमान श्रेष्ठ
साउदी अरब: नरेशविक्रम ढकाल
दक्षिण कोरिया: डा शिवमाया तुम्बाहेम्फे
स्पेन: सनिल नेपाल
बेलायत: चन्द्र कुमार घिमिरे
अमेरिका: लोकदर्शन रेग्मी

तर, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम प्रमाणपत्रको अभावका कारण अनुमोदन गरिएको छैन । उनको विषयमा छलफल अर्को बैठकमा गरिनेछ । अनुमोदित राजदूतहरू सम्बन्धित देशबाट एग्रिमो पाइसकेपछि राष्ट्रपतिबाट नियुक्ति र शपथको प्रक्रिया अघि बढ्नेछ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया