Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी छानबिन समितिको प्रतिवेदनले उत्साह जगाएको छ । सहकारीको बचत अपचलनको छानबिन गरेको समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट, अर्थात् असोज १ गते, पार्टीको राष्ट्रिय भेला सुरु भएको हो ।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म चल्ने भेलामा सभापति रवि लामिछानेलाई ‘क्लिन चिट’ प्राप्त भएको खबरले देशभरका प्रतिनिधिहरूमा उत्साह फैलाएको थियो । राष्ट्रिय भेलामा सातै प्रदेशका सभापतिहरूले प्रदेशगत प्रतिवेदन प्रस्तुत गरे, जसका लागि उनीहरूलाई ७ देखि १० मिनेटको समय उपलब्ध गराइएको थियो । यस अवसरमा, सबैको साझा प्रतिबद्धता ०८४ को निर्वाचन जितेर पार्टी सभापति रवि लामिछानेलाई दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनाउने थियो ।

मधेस प्रदेश सभापति तपेश्वर यादवले आफ्नो प्रतिवेदनमा स्पष्ट पारे कि उनलाई लामिछानेलाई दुई तिहाईको प्रधानमन्त्री बनाउने सपना बाहेक अन्य कुनै इच्छाहरू छैनन् । उनले भने, ‘रवि सरलाई दुई तिहाईको प्रधानमन्त्री बनाउने सपना छ। मधेसले यसमा पूर्ण भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’

गण्डकी प्रदेश सभापति राजन गौतमले चुनाव लड्ने इच्छा नभएको बताए र योग्य र क्षमतावान् व्यक्तिलाई चुनाव जिताउन सहयोग गर्नुपर्ने तर्क गरे ।  उनले भने, ‘रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ । म चुनाव लड्न चाहन्न ।’

लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले पनि सोही धारणा व्यक्त गर्दै, ‘सभापतिज्यूलाई दुई तिहाईको प्रधानमन्त्री बनाउने रहर छ’ भनेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया