Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) जापानको मंगलबार दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनः बिजय थकालीको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति गठन गरेको छ । निर्वाचन समितिका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुनः ददिवल खड्का चयन भएका छन भने उपाध्यक्षहरुमा तुल्सीराम खरेल, बाबुराम भण्डारी, बिपिन कँडेल, शिवहरि पौडेल, श्रीभक्त गुरुङ, नरबहादुर थापा र दिपक सुनार चयन भएका छन् ।

यसैगरी महासचिवमा बाबुराम पौडेल र सचिवहरुमा बुद्धिराज घिमिरे, जनक सुबेदी, गणेशजंग रायमाझी र तेजबहादुर थिङ चयन भएका छन् भने कोषाध्यक्षमा मुक्तिराज रेग्मी र सहकोषाध्यक्षहरुमा कार्साङ तामाङ र बाबुराम खरेल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा महेश कटुवाल, टिकाराम कँडेल, गिरबहादुर तामाङ, जीवन पाण्डे, दिपेश खनाल, रामबहादुर खड्का, ईश्वर श्रेष्ठ, रामप्रसाद गैरे र दिनेश लोहनी चयन भएका छन् ।

अधिवेशनको बन्दसत्रबाट सर्बसम्मत गठित नयाँ कार्यसमितिको नामावली निर्बाचन समितिका संयोजक ओम गुरुङले घोषणा गर्नुका साथै सपथग्रहण गराएका थिए । संघको संरक्षकमा बिनोद शेरचन चयन भएका छन् ।
बन्दसत्रमा बिधान समितिका संयोजक बाबुराम पौडेलद्वारा प्रस्तावित संशोधन प्रस्ताव, कोषाध्यक्ष नरबहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र कार्यबाहक महासचिव बाबुराम पौडेलद्वारा प्रस्तुत कार्यप्रगति प्रतिबेदन पारित गरिएको थियो ।

यसैगरी संघको भावी नीति तथा कार्यक्रम तर्जुमा गर्न बनेको कार्यदलका संयोजक तिलक मल्लले नेपाली ब्यवसायी संघ जापानको भावी योजना तथा कार्यक्रम सम्बन्धि रोडम्यापको प्रस्तावित अवधारणा पत्र प्रस्तुत गरेका थिए । मल्लद्वारा प्रस्तुत अवधारणा पत्रमा ब्यवसायी संघ जापानले अब जापानबासी नेपाली ब्यवसायीहरुको अपेक्षा संबोधन गर्न ब्यवसायी संघलाई रि-ब्राण्डिङ गर्दै कुमिआई मोडलमा जानुपर्ने, ब्यवसायीहरुको हक, हित र प्रबर्द्धनमा फोकस गरिनुपर्ने, उपलब्ध सूचना र प्रविधिको भरपुर उपयोग गरी ब्यवसायीहरुलाई सर्बसुलभ सेवा प्रवाह गरिनुपर्ने लगायतका अवधारणा अगाडि सारेका थिए । प्रस्तुत अवधारणा अनुसार अबका दिनमा ब्यवसायी संघ जापान अगाडि बढ्ने नवगठित कार्यसमितिका अध्यक्ष थकालीले प्रतिबद्धता ब्यक्त गरे ।

अधिवेशनको खुल्लासत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले जापानका नेपाली ब्यवसायीहरुको हितलाई केन्द्रमा राखि अगाडि बढ्न आगामी दिनमा संघलाई थप सफलताको कामना गर्नुका साथै नवगठित कार्यसमितिलाई बधाई दिएका थिए ।

शुभकामना दिनेहरुमा एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, पूर्व उपाध्यक्ष रोबिन्दप्रसाद श्रेष्ठ (गोबिन्द), एनआरएन जापानका अध्यक्ष नविन निउरे, ब्यवसायी संघका संरक्षक बिनोद शेरचन, नेपाली जनसम्पर्क समितिका उपसभापति राजेन्द्र जम्मरकट्टेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्ता पहारी, संघका निबर्तमान कोषाध्यक्ष नरबहादुर थापा, निबर्तमान उपाध्यक्ष सञ्जिव पोखरेल, अवधारणा पत्र तैयारी समितिका संयोजक तिलक मल्ल, सोही समितिका सदस्य शालिकराम भण्डारी, निर्वाचन समितिका संयोजक ओम गुरुङ, सो समितिका सदस्य समेत रहेका एनआरएन जापानका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल लगायत रहेका थिए ।

टोकियोको शिन्ज्युकुस्थित प्रिन्स होटेलमा भएको अधिवेशनमा टोकियो बाहिर ओसाका, नागोया, फुकुओका, निगाता लगायतका सहरहरुबाट समेत अधिवेशन प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।***

तपाईको प्रतिक्रिया