Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

काठमाडौं – केही वर्षअघिसम्म चीन र भारतका केही प्रान्तमा विवाहका लागि केटी नपाइएको समाचार पढ्दै आएका नेपालीले अब आफ्नै देशमा यस्तो समस्या भोग्ने स्थिति आउनसक्ने सरकारी तथ्यांकले देखाएको छ ।

पितृसत्ता प्रधान नेपाली समाजमा छोराको मोह बढी भएकै कारण अबको दशकपछि छोरीको संख्या कम हुन गई बिहेवारीमा समस्या हुने देखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार राष्ट्रिय जनगणनाको बालबालिका सम्बन्धी सार्वजनिक गरेको तथ्यांकले नेपालमा पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको देखाएको छ । यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् ।

देशका विभिन्न स्थानमा त्यहाँका स्थानीय र प्रदेश सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याएका छन् । तर त्यो प्रभावकारी हुन सकेको छैन । सार्वजनिक तथ्यांकअनुसार हाल देशभर झन्डै ९८ लाख ७० हजार बालबालिका (० देखि १७ वर्षसम्म) छन् । तर बालकको तुलनामा बालिकाको संख्या थोरै छ । त्यसमा पनि जनगणना भएको एक वर्षको अवधिमा लैगिंक अनुपातः ११२ रहेको छ । अर्थातः हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन् ।

विसं २०६८ सालको जनगणनामा बालबालिकाको कुल संख्या १ करोड १० लाखभन्दा बढी रहेकोमा पछिल्लो प्रतिवेदनले उक्त संख्या विसं २०७८ सम्म आइपुग्दा घटेर ९८ लाख ६९ हजार ५८३ जना रहेको देखाएको छ । त्यसमध्ये ५१ लाख बालक र साढे ४७ लाख बालिका छन् । पछिल्लो प्रतिवेदनले २०६८ सालमा ०.५ प्रतिशत रहेको बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक अर्थात् –१.१ प्रतिशत रहेको छ ।

प्रजननमा आएको ह्रासका कारण त्यस्तो भएको विज्ञहरूले बताइरहँदा सबैभन्दा चिन्ता भने शिशु जन्मँदाको लैगिंक अनुपातलाई लिएर व्यक्त गरिएको छ । आँकडाअनुसार जन्मदाको लैगिंक अनुपात पछिल्लो ८० वर्षयताकै उच्च रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बताए । ‘जनसंख्या विज्ञानमा लैगिंक अनुपात १०५ सम्म हुनुलाई ठिकै मान्ने गरिन्छ,’ उनले भने, ‘अहिले हाम्रोमा ११२ जना बालकको जन्मिँदा १०० जना मात्रै बालिकाको जन्म हुने देखिएको छ । यसले नेपालमा बालिकाहरू कम जन्मिन सुरु गरेको देखायो ।’

उनका अनुसार नेपालको अहिलेको समग्र जनसंख्यामा भने महिलाको जनसंख्या पुरुषभन्दा धेरै छ । पछिल्लो लैगिंक जन्मदरको अनुपातले दीर्घकालमा गम्भीर प्रभाव पार्न सक्ने उनको बुझाइ छ । ‘तत्कालै असर नपरे पनि जब केटाहरू विवाह गर्ने २० वर्ष वा त्यसभन्दा माथिको उमेरमा पुग्छन्, तब उनीहरूले जोडी भेट्टाउन समस्या हुने हो कि भन्ने समस्या देखिन सक्छ,’ उनले भने ।

अब जनसंख्या नियन्त्रणभन्दा व्यवस्थापनसम्बन्धी नीति लिएर अघि बढ्नुपर्ने उनको बुझाई छ । ‘तथ्यांकलाई हेर्दा नेपालमा पनि छोराहरू पाउने चाहना कम भएको छैन भन्न सकिन्छ । राज्यले ‘छोराछोरी बराबरी’ भन्ने नारा अँगालेको भए पनि सन्तान जन्माउने आमाबुवासम्म पुग्दा अहिले पनि छोरा नै चाहिने पक्षमा उहाँहरू हुनुहुन्छ भन्ने यो विवरणले देखाएको छ,’ प्रवक्ता रेग्मीले थपे ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभागका प्रमुख प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ पितृसत्तात्मक समाज र छोराले नै वंश धान्ने किसिमका सोच परिवारमा रहेकाले नेपालमा ‘छोरा रोज्ने’ अभिभावकहरू धेरै रहेको बताउँछन् । ‘हामीले समाजमा नै हे¥यौँ भने एउटा मात्रै छोरा हुने परिवारहरू पनि छन् । तर एउटा मात्रै छोरी भएको परिवार साह्रै कम छ,’ उनले भने, ‘अहिले भ्रूणमा नै बच्चाको लिंग पहिचान गर्ने क्रम पनि छ । छोरा रोजाइमा पर्ने भएकाले नै यस्तो भएको हो ।’

उनले पछिल्लो जन्मँदाको लैगिंकअनुपातको असर अहिलेका बालबालिका विवाह गर्ने उमेरमा पुग्दा देखिने भन्दै परिस्थिति विगतको चीनकै जस्तो हुन सक्ने उल्लेख गरे । Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया