Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – जापानमा जुलाई र अगस्टमा पानीसम्बन्धी दुर्घटनामा परी दुई सय ४२ जनाको मृत्युको भएको छ । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्षअघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रारम्भिक प्रतिवेदनमा जनाएको छ ।

यी परिस्थितिमा छ सय एक जना मानिस प्रभावित रहेको र तीमध्ये जुनियर हाई स्कूल वा त्योभन्दा कम उमेरका एक सय पाँच रहेका थिए । मृतक वा बेपत्ता दुई सय ४२ जनाको सङ्ख्यामा एक वर्षअघिको तुलनामा छ सङ्ख्याले बढेको छ ।

एजेन्सीका अनुसार मृत्यु भएका वा बेपत्ता भएकामध्ये एक सय १७ जना समुन्द्रमा, ८८ नदीमा र २० जना जलमार्गमा दुर्घटनामा परेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया