Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाललाई त्यहाँको अध्यागमनले नेपाल फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।

दाहाल सोमबार राति काठमाडौं फर्किएर आइपुगेका छन् । क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खाने बस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदिएको उनले सुनाए । प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको उनले बताए । तीन वर्षदेखि फेन्सिङ खेलमा आबद्ध दाहाल उनी वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।

जापानमै रहेका भुवन हुमागाईंमार्फत् तालिम अवधिभरको सम्पूर्ण खर्चको सुनिश्चिततासहितको स्पोन्सर लेटर अध्यागमनमा पेस गरेपछि भिसा आएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया