Deneme Bonusu Veren Siteler
सोमबार, पौष १५, २०८१
Monday, December 30, 2024

नागोया – जापानमा बस्ने नेपाली किक बक्सर अविरल अब फ्रान्सका खेलाडीसँग किक बक्सिङमा भिड्ने भएका छन् । जापानी समुदाय माझ, नेपालीहरूको शिर उच्च राख्दै, नेपालको गरिमालाई खेलकुदको माध्यमबाट पनि उच्च पार्न पटक-पटक अतुलनीय योगदान दिइरहेका अविरल घिमिरे (हिमालयन चितुवा)  अक्टोबर २६ तारिख नागोयामा किक बक्सिङ प्रतियोगिताको फ्रान्सका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

खेलमा नेपाली समुदायलाई उपस्थित भई नेपाली खेलाडी लाई हौसला प्रदान गरिदिन हुन एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले अनुरोध गरेका छन् । खेल जापानको नागोया शहरस्थित कंग्रेस इन्टरनेशनल ईभेन्ट हलमा दिनको ३ बजे बाट सुरु हुने बताइएको छ । हल प्रवेश भने २ः३० बाट सुरु हुनेछ ।

पछिल्लो समय जापानको नागोया शहरमा भएको हिट ५३ किक बक्सिङ प्रतियोगितामा अविरल विजयी भएका थिए । जापानको नागोया शहरमा परिवार सँगै बस्दै आएका अविरलले थुप्रै अन्तर्राष्ट्रिय किक बक्सिङ विजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्। हिमालयन चितुवाको नामले पनि चिनिने उनी थाइल्याण्डको फुकेट शहरमा गत मार्च ३० सम्म विशेष प्रशिक्षण लिएका थिए ।

अविरलले खेलको माध्यमबाट विदेशी भूमिमा पनि नेपाल र नेपाली चिनाई रहेकोमा आफूहरूलाई पनि खुःशी लागेको बताउँदै आ–आफ्नो क्षेत्रबाट अविरललाई हौसला प्रदान गरिदिनु हुन अविरलका किक बक्सिङ प्रशिक्षक समेत रहेका अविरलका बुवा देव घिमिरेले सबैमा अनुरोध गरेका छन् । जापानमा यति धेरै नेपालीहरू छन् । उनीहरु समाजसेवा भन्दै खादा र मालामा मात्र दैडिरहन्छन, खेलको माध्यमद्वारा नेपाल र नेपाली चिनाउन यस खालका प्रतियोगिताहरूमा हौसला प्रदान गर्न आउन नेपाली समुदायले कन्जुस्याइँ गरेको घिमिरे बताउँछन् ।

आफ्नो कडा मिहनत अनि सबैको आर्सीवादले आफू यहाँसम्म आई पुगेको अविरलले बताए । उनले यस अघि नै हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधि जितेर नयाँ कीर्तिमानसमेत बनाएका थिए । अविरलले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् ।  उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल खेलाडी हुन् ।

अविरलले नियमित रूपमा भने सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका छन् । आफ्नो आमाबुबासँग जापानको नागोया सहरमा बस्दै आएका अविरललाई उनको मनपर्ने खेल बक्सिङमा अहिलेसम्म अधिकांश सफलता हात परिरहेको छ । उनका बुबा देव घिमिरे किक बक्सिङका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् । जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर अविरलले बक्सिङ हिट प्रतियोगिताका १४ खेल जितिसकेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया