Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – काठमाडौंबाट भरतपुर उड्ने लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बिहान भरतपुर उड्ने तयारीमा रहेको जहाजमा प्राविधिक समस्या देखिएको हो ।

समस्या भएपछि ट्याक्सी वे’मै रोकिएको जहाजबाट यात्रुहरुलाई ओरालिएको छ । त्यसले गर्दा अन्य उडानहरु पनि प्रभावित भएका छन् ।

बिहान ७ः२० बजे भरतपुर जान लागेको जहाज ट्याक्सी वे मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए । जहाज पार्किङबाट मुख्य धावनमार्गतर्फ छिर्ने बाटोलाई ट्याक्सी वे भनिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया