Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – वसन्त निरौलाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘ज्वाइँ साब’ अहिले चर्चामा छ ।

फिल्मको हालै सार्वजनिक फर्स्ट लूक तथा टीजरले नै दर्शकबीच निकै उत्सुकता बढाएको थियो । त्यसपछि गायक निशान भट्टराई तथा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको फिल्मको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै यसको चर्चा थप चुलिएको छ ।

फूलपातीको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘ज्वाइँ साब’ को यो गीतले फिल्मलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । ‘पोस्टर र टीजरले चलचित्रको हाइप क्रिएट गरेको थियो’, उनले भने, ‘कसम बत्तीको गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग बढिरहेको छ ।’

उनले विदेशमा र नेपालमा यो फिल्म एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए । फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दशैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । ज्वाइँ साब रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको फिल्म हो ।

यो फिल्ममा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्, भने बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया