Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । झापाको कमल गाउँपालिका ७ घर भइ हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका २ बस्ने ४५ वर्षीय रामकुमार जिमी पक्राउ परेका हुन् ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सुन्धाराबाट भदौ २७ गते पक्राउ गरहेको हो ।

४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लागेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया