Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – १६१ जना यात्रु लिएर दिल्ली उड्नै लागेको भिस्तारा एअरलाइन्सको विमान डाइभर्ट गरिएको छ । ११:३० बजे दिल्लीतर्फ उडान भर्न लागेको भिस्ताराको ‘यूके-१५८’ विमान धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन पार्किङ वेमै फर्काइएको हो ।

विमानमा बसेका एक डायबिटिजका बिरामीको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

यात्रुलाई जहाजबाट झारे लगत्तै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ । बिरामीलाई झारेर विमान दिल्ली उडिसकेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया