Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो ।

प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित पुरस्कार रकम खातामा गइसकेको जानकारी दिएका हुन् । राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया