Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – बागलुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा सरकारी नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेतिर जीप सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेको रा १ झ २०० नम्बरको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । गाडीमा जनप्रतिनिधि र पालिकाका कर्मचारीहरु सवार रहेको अनुमा प्रहरीले गरेको छ । मृतकको सनाखत हुन बाँकी छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीकाअनुसार घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । गाडीमा को-को थिए र कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।

दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया