Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

टोकियो – गल्कोट समाज जापानको चौथो बैठक तथा बारबिक्यू यामानासी केनमा हालै सम्पन्न भएको छ । संस्थाका संरक्षकहरू, सल्लाहकार तथा कार्यसमितिका सबै जनाको बृहत् उपस्थितिका बिचमा बैठक तथा बारबिक्यू कार्यक्रम सम्पन्न भएको हो ।

बैठकमा अघिल्लो कार्यकालको बुझबुझारथ र आगामी कार्यकालको कार्य योजनाको बारेमा व्यापक छलफल भएको छ । करिब २ सय जनाको उपस्थिति रहेको उक्त बारबिक्यूमा आगामी कार्य योजना बारेमा संरक्षक तथा सल्लाहकारहरूको राय सल्लाह संकलन गरिएको थियो ।

महासचिव दिलीप कँडेलका अनुसार यस कार्यक्रममा उपस्थिति र सहभागिताले वर्तमान कार्यसमितिलाई थप ऊर्जा तथा उत्प्रेरणा मिलेको, संरक्षक तथा सल्लाहकारको राय सल्लाह बमोजिम आगामी कार्य योजना तर्जुमा हुने बताए । कार्यक्रममा घुम्टे नौमती बाजा, तथा कलाकारहरूको बेजोड प्रस्तुति समेत रहेको थियो ।

संरक्षक परिषद् सदस्य, सल्लाहकार सदस्य तथा कलाकारहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको गल्कोट समाज जापानका प्रवक्ता सन्तोष पुनले जानकारी गराए । यामानासीमा रहेका गल्कोटेहरुको सक्रिय व्यवस्थापनमा भएको कार्यक्रम, गलकोट समाज जापानको आयोजनामा अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षता संरक्षक संयोजक नरबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रम महासचिव दिलीप कँडेलले सञ्चालन गरेका थिए ।

सचिव बलबहादुर खत्रीका अनुसार आगामी अग्रेजी नयाँ वर्षको कार्यक्रममा सम्पूर्ण गल्कोटेहरुलाई केन्द्रित गर्ने गरी योजनामा लाग्ने निर्णय भएको छ । नेपालबाट ख्यातिप्राप्त कलाकारलाई आमन्त्रण गरी गलकोट समाज जापानले आगामी डिसेम्बर ३१ ओसाका, जनवरी १ नागोया, जनवरी २ टोकियोमा बृहत् सांगीतिक धमाका २०२४ कार्यक्रमको आयोजनाको घोषणा यसअघिनै गरिसकेको छ ।***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया