Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । यसअघि नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिए । नेपालका हङ्गेरीको राजदूतावास छैन । खेलाडीभन्दा बढी पदाधिकारी देखिएका कारण यसअघि नेपालस्थित जर्मन दूतावासले बुद्धिचाल टोलीलाई भिसा दिन अस्किार गरेको थियो ।

४५औँ ओलम्पियाड बुधबार देखि नै हङ्गेरीको बुढापेष्टमा सुरु भएको छ । नेपालका धेरै खेलाडी र अफिसियलले भाग लिन नपाए पनि अष्ट्रेलियाबाट बुढापेष्ट पुग्नुभएका विवेक थिङले भने ओलम्पियाड खेल्ने बुद्धिचाल महासङ्घले जनाएको छ ।

ओलम्पियाडमा सहभागी हुन नेपालीस् हेड अफ डेलिगेट्सको रूपमा महासङ्घका अध्यक्ष हेराकाजि महर्जन, महासचिव धरम बहमदुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट र सदस्य राजु ताम्राकार हङ्गेरी जाने टोलीमा थिए ।

पुरुष खेलाडीहरूमा राजन सुवेदी, सिएम शुश्रुत दहाल, एफएम क्षितिज भण्डारी, सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ थिए । महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ थिए ।

हङ्गेरी जाने टोलीमा महासङ्घका पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाल र पत्रकार प्रदीप कुमार लेखीको पनि नाम थियो । तर भारतमा समेत हङ्गेरीको भिसा नपाएपछि नेपालका केही पदाधिकारी भारतबाटै नेपाल फर्किएको महासंघले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया